Samriddhipost
२०८२ चैत १७ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०७९ माघ २० गते शुक्रबार

कडा संघर्षमा उत्रिन बाध्य नपारियाेस: थारु संगठन ।

उन्मुक्ति पार्टिका सान्सद अरुण चाैधरि बिहिबार पक्राउ परेपछि थारु थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले एक बिज्ञप्ति निकाल्दै कडा संघर्षमा उत्रिन बाध्य नपारियाेस भनेर चेतावनि समेत दिएका छन ।

२०७१ साल माघ १३ गते कैलाली जिल्ला वर्दगोरिया गाउँपालिका निमुवाबोझी बस्ने विर बहादुर थारु र लम्की चुहा नगरपालिका वडा- ४ गिढनीयाँ बस्ने साँसद अरुण चौधरीलाई २०७० सालको थरुहट थारुवान आन्दोलनको क्रममा बन्दको अवज्ञा गर्ने सवारीसाधनमा आगजनी गरिएको मुद्धामा ६ महिनाको कारागार चलान गर्ने गरी २०७० वैशाख ८ गते निजहरुलाई प्रतिवादी बनाई फैसला गरेको १० वर्षको लामो अन्तराल पश्चात् गिरफ्तार गरेको क्रियाकलाप प्रति आफ्नाे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन

। नेपाल सरकारलाई विविध चरणमा थरुहट थारुवान आन्दोलनले उठान गरेको माग मुद्दा सहज रुपमा समाधन होस भनि ज्ञापन पत्र लगायत अन्य माध्यम मार्फत् दवाव मुलक जानकारी गराउँदा पनि सरकारले अनसुना गरेकाे उनिहरुकाे आराेप छ ।

थरुहट थारुवान आन्दोलनका नेता कार्यकर्ताहरुलाई राजनीतिक स्वार्थ साध्नका लागि र राजनीतिक चरित्र हत्या गर्ने गरी कपोकल्पीत झुटा मुद्धा लगाउने राज्यको निरन्तर दुश्प्रयासलाई यथाशिघ्र रोक्न र स-सम्मान थरुहट थारुवान आन्दोलनमा भएका राजनीतिक मुद्धाहरुलाई समाधान गरी थरुहट राजबन्दीहरुलाई यथासिघ्र स-सम्मान रिहा गर्न समेत बिज्ञप्ति मार्फत आग्रह गरेका छन ।

मागलाई अनसुना गरे कडा भन्दा कडा संघर्षमा जाने बिज्ञप्तिमा उल्लेख गरेका छन । बिज्ञप्तिमा
थारु थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता चुनीराम चाैधरि र थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चाैधरिकाे हस्ताक्षर रहेकाे छ ।


#उनमुक्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>