नेपालकाे एकमात्र कृर्षि औजार उत्पादन गर्ने कारखाना बीरगंज कृर्षि औजार कारखाना ३० बर्षसम्म बन्द रहेर काम नलाग्ने अवस्थामा पुग्दा सरकार र राष्ट्रिय आबिस्कार केन्द्रकाे पहलमा उद्याेग मर्मतसम्भार चलिरहेकाे छ ।
आबिस्कार केन्द्रका अध्यक्ष महाबिर पुन नेतृत्वमा कारखाना मर्मत सम्भार भैरहेकाे छ । बिहिबार पुनले कारखाना को थप मशीनरीहरु मर्मत गरेको र त्यस पछि ति मशीनहरुले काम गरेको बताएका छन ।
३० बर्ष सम्म बल्दै नबलेको तेल बाट चल्ने फलाम तताउने भट्टीहरु बलेकाे फलामलाई रातो हुने गरि तताएकाे, फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रड लाई ठोक्नसक्ने भयाे ।
यस्तै फलामको पातालाई काट्ने डाई प्रेस मशीनले पनि काम गर्यो र फलामको पाता काटेकाे । अनि त्यो पातालाई अर्को डाई प्रेस मशीनले थिचेर बेल्चा पनि बनाउन सक्ने भयाे । मिलिंग मशीन, रड काट्ने मशीन सहित अरु केहि मशीनहरु पनि बनेकाे प्रगति हुँदै गरेकाे बताएका छन । यस्ताे छ भिडियाे
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया