Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ माघ २२ गते आइतबार

दार्चुलाका २ पसलमा आगलागि हुदा समान जलेर नष्ट ।

दार्चुलाका दुई पसलमा आगलागी भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरी बस्ने बिक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको खुद्रा पसलमा आगलागी भएको हो।

सोलारको ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सामानहरू जलेर नष्ट भएको पसल सञ्चालक बोहरा र रोकायाले बताएका छन्। 

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।


#आगलागी

प्रतिक्रिया