Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २२ गते आइतबार

सर्वाेच्चले रेशम चाैधरिकाे मुद्धामा विपक्षिलाई झिकाउने आदेश दियाे ।

टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ।आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो।

टीकापुार घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। त्यसका विरुद्ध चौधरीसहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। सर्वोच्चका न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासले प्रत्यर्थीलाई झिकाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

पूर्व सांसद चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगारामडगौरा चौधरी, वीरवहादर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदिप चौधरी र लक्ष्मण थारु चौधरीले छुट्टाछुट्टै आठ वटा निवेदन दिएका थिए। सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>