Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २२ गते आइतबार

प्रेस चौतारी नेपालको कञ्चनपुर शाखाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार विभिन्न कार्यक्रम गरि शाखाले आफ्नो २५ औँ स्थापना दिवस मनाएको हो । 


एमाले निकट पत्रकार संगठनले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारसँग सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत अवस्थाबारे छलफल गरेको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधी एवं पत्रकारले कोरोना महामारीपछि मिडिया क्षेत्रमा आएको समस्याबारे चिन्ता व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशीले पत्रकार आचारसंहिता पालनामा जोड दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले कोरोना संक्रमणपछि मिडिया क्षेत्र आर्थिक रुपमा समस्याग्रस्त भएको उल्लेख गरे ।

त्यस्तै पत्रकार चित्राङ्ग थापाले पत्रकारको हकहितमा बलियो मिडिया नीति आवश्यक रहेको औल्याए । उनले पछिल्लो समय पत्रकारीता सहज भएपनि यसलाई व्यवसायिक र मर्यादित बनाउन चुनौतीपुर्ण रहेकाे बताए । 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष तथा अकोर्यावका बरिष्ट उपाध्यक्ष विष्णु अवस्थीले कोरोना संक्रमणपछि मिडिया हाउस चलाउनै समस्या भएको बताए । उनले निजी क्षेत्रको विज्ञापनमा कटौतीसँगै सरकारी विज्ञापनको समान वितरण नहुदाँ सञ्चारमाध्यम धरासायि बन्दैँ गएको बताए ।

त्यस्तै पत्रकार शेर बहादुर सिंहले पनि पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन चुनौती थपिदैँ गएकाले यसमा संगठनहरुले पनि जिम्मेवार भएर सोच्नुपर्ने बताए ।

प्रेस चौतारी कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण पन्तले दिवसको अवसरमा पत्रकार भेटघाटसँगै सामुहिक मुद्धामा छलफल गरिएको बताए । साथै संगठनले पेशागत हकहितका प्रतिवद्ध रहेको समेत उनले बताए । 
यस्तै चौतारीलको कञ्चनपुर शाखाले महेन्द्रनगरस्थि समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण गरेको छ । 
संगठनको स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुलसँगै शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी कञ्चनपुरका सचिव मदन गिरीले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>