Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
धनगढी
२०७९ माघ २३ गते सोमबार

मुख्यमन्त्री रावलले बुधवार विश्वासकाे मत लिने ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (पर्सी) विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिए । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदै आएको थियो । सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नाउपा सकारात्मक बनेको छ ।
नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने जनाएको छ । 
 


#राजेन्द्र रावल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>