Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ माघ २३ गते सोमबार

पाेखरा विमान दर्घटनामाे कारण खुल्याे । यस्ताे रहेछ कारण ।
फायल फाेटाे

माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ । ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो । 

अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज ढुंगा जसरी तल झर्ने आयोगको भनाइ छ । 
यद्यपि, उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको छ । 

गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो । 

दुर्घटना लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले दुर्घटनाको वस्तुस्थिति, ब्ल्याक बक्सको अध्ययनसँगै सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको छ । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।

सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको समेत थप अध्ययन गरेर फर्किएको आयोगले यस्तो निष्कर्ष निकालेको हो । यद्यपि, आयोगले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको आयोगका सदस्य सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले जानकारी दिए । 


#प्लेन दुर्घटना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>