Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २४ गते मङ्गलबार

कृष्णपुरमा भाेलिदेखि राष्ट्रपति रनिङ्ग शिल्ड खेलाईने, प्रदेश प्रमुखले उद्धाटन गर्ने ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजना र कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु हुने भएकाे छ ।

माघ २५ देखि २७ सम्म चल्ने १३औं राष्ट्रपति रनिङ सिल्डको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् । सोमबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले प्रदेश प्रमुख जोशीलाई भेटी प्रमुख अतिथिको लागि निमन्त्रणा दिएका हुन् ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका संयोजक एवं नगरप्रमुख हेमराज ओझाले रनिङ सिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन नगरपालिकाका सम्पुर्ण खेलाडी एवं खेलप्रेमिलाई आह्वान गरेका छन् ।

कृष्णपुर नगरपालिका वडा न ४ मौवाफाँटामा रहेको कृष्ण माविमा राष्ट्रपति रनिङ सिल्ड आयोजना हुनेछ । प्रतियोगितामा नगरपालिका भित्रका १३ सामुदायिक र १० संस्थागत गरि जम्मा २३ विद्यालय सहभागी हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय संयोजक एवं कृष्ण माविका प्रधानाध्यापक गोपाल दत्त बडुले बताए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको कृष्णपुर नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका लागि २३ विद्यालयका एकहजार भन्दाबढी खेलाडीको सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा भलिबल ,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>