कञ्चनपुरको दैजीबाट जंगली बदेलको मासु सहित एक मानिस पक्राउ परेका छन ।
मंगलबार बेदकोट नगरपालिका १० दैजी एक होटलकै छेउबाट बदेलको मासु सहित एक युवक पक्राउ परेका हुन ।
सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख जिवन भण्डारीले डेढकिलो बदेलको मासु सहित जनक चन्द पक्राउ परेको बताए । सव डिभिजन वन कार्यालय ब्रम्हदेबका भण्डारीले उक्त मासु सहित मानिसलाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाईएको छ । उक्त मासु कहाँबाट ल्याएको कसलाई बेच्न वा खरिद गरेको ल्याएको बारे थप अनुसन्धान गरिने बताए । होटलमा बिक्रिका लागि वा अन्यबाट खरिद गरिएको विषयमा सव डिभिजन वन कार्यालय ब्रम्हदेबले अनुसन्धान गरिएको छ । दैजीको उत्तर चुरे वन र दक्षिणमा निकुञ्ज भएकाले दुवै मध्ये एक वनबाट उक्त बदेलको शिकार गरेको वनका अधिकारीको अनुमान रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया