Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
धनगढी
२०७९ माघ २५ गते बुधबार

कैलालीका तीन वटा स्थानीय तहमा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा, र कैलारी गाउँपालिकामा गरी तीन वटा पालिकामा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको हो ।


बङ्गुर, सुँगुर र बँदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर गत मंगलवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलङ्का, गौरीगंगा र कैलारी गाउँपालिकाको एक बङ्गुर फार्ममा संक्रमण फैलिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए ।

गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो ।

कैलालीको भजनी नगरपालिका–३ मा सञ्चालित बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । सो फर्ममा अफ्रिकन स्वाइन फिभर देखा परेकोमा अन्यत्र फैलिएको थिएन । तर अहिले कैलालीको धनगढी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा यो रोग फैलिएको पुष्टि भएको उनले बताए ।

गत कात्तिकमा अफ्रिकन स्वाइन फिभर रोगका कारण भजनीको एकै फर्मका ४ सय बढी बंगुर मरेका थिए । जिल्लाको अन्य बङ्गुर फर्ममा भने संक्रमण देखिएको थिएन ।

संक्रमण फैलिएको बंगुर फर्ममा संघीय पशु सेवा विभागको टोलीले समेत भ्रमण गरेर नियन्त्रणका लागि आवश्यक सबै उपाय खोजिएको थियो । यो पटक जिल्लाका तीन वटा स्थानीय तहका विभिन्न बङ्गुर फर्ममा सयौँको संख्यामा अफ्रिकन स्वाइन फिभरको कारण बङ्गुर मरेको जनाइएको छ ।

माघी लगत्तै बङ्गुरको मासु उपभोग र ओसारपसार बढेकाले कैलालीमा विभिन्न ठाउँमा एकै पटक संक्रमण देखा परेको अनुमान गरिएको छ । अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने गरेको पशु विज्ञको भनाइ छ । यो रोगको औषधि र खोप पत्ता नलागेकाले किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउनु पर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए ।


#अफ्रिकन स्वाईन फिभर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>