Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २६ गते बिहिबार

पत्रकार भट्ट सम्मानित, काम गर्न उत्साहित छु भट्ट ।

कञ्चनपुरका पत्रकार शित्तल भट्ट सम्मानित भएका छन । बेलौरी उद्योग वाणिज्य संघले पत्रकार भट्टलाई सम्मान गरेको हो ।

बिहीबारदेखि बेलौरी खुला मञ्चमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला उद्घाटन समारोहमा पत्रकार भट्टलाई सम्मान गरिएको छ ।

ग्यालेक्सी फोरके टेलिभिजन कञ्चनपुरमा समाचारदाता एव रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशन पत्रकार भट्टलाई दक्षिणी क्षेत्रको सीमा, उद्योग, व्यापार एव आर्थिक क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै महोत्सव आयोजक समितिले सम्मान गरेको छ ।

पत्रकार भट्टलाई मायाको चिनो सहित सम्मान गरेको आयोजक बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।
पत्रकार भट्टलाई बेलौरी नगरका मेयर पोतिलाल चौधरीले जैविक हजारीफुलको मायाका साथै दक्षिणी क्षेत्रको धार्मिक पर्यटकीय प्रतिष्ठित मन्दिरको फोटो हस्तान्तरण गरेका थिए ।

 

बेलडाँडीका स्थानीय समेत रहेका पत्रकार भट्टले उच्च शिक्षा अध्ययनकै क्रममा पत्रकारिता शुरु गरेका थिए । रेडियो महाकालीदेखि पत्रकारिता शुरु गरेका भट्ट, गोरखापत्र राष्ट्रिय दैनिक, न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन ।

झण्डै १५ बर्षदेखि पत्रकारितामा सकृय भट्टले सीमा क्षेत्रका मुद्दा सहित भ्रष्टाचार, सुशासनमा कमल चलाउँदै आएका छन । आयोजकबाट सम्मानबाट पत्रकार भट्टले नियमित काममा थप उत्साह थपिदिएको अनुभूति व्यक्त गरेका छन ।


#शितल भट्ट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>