Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७९ माघ २९ गते आइतबार

आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णयमा पुगेका डाक्टरलाई निर्णय फिर्ता लिन सरकारकाे आग्रह ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपाचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घप्रति ध्यानाकर्षण भएको पनि बताए ।

मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको छानविन भइरहेको जनाएको छ । उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने नेपाल चिकित्सक संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।


#स्वास्थ्य

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>