Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन ०१ गते सोमबार

जनयुद्ध दिवसका रुपमा पहिलाे पटक सार्वजिक बिदा । विभिन्न घटककाे यस्ताे छ तयारि ।
फायल फाेटाे

आज फागुन १ गते जनयुद्ध दिवसको दिन हो । परिर्वतनका लागि थालिएको जनयुद्ध शुरुवात गरेकै दिन हरेक फागुन १ मा माओवादी घटक राजनीतिक दलले जनयुद्ध दिवस मनाउँदै आएका छन ।

२७ बर्ष अघि ०५२ सालमा संविधान सभाबाट नयाँ संिवधान, राजतन्त्रको अन्त्य, जनवादी व्यवस्था हुनुपर्ने एजेण्डा अघि सारेर थालिएको युद्ध ५ मंसिर ०६३ मा विस्तृत शान्ति सम्झौता गरिएको थियो ।

 ०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभापछि गत ०७९ मंसिर ४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा पछि माओवादी सत्तामा पुगेकाे हाे । यसबिचमा फुटेर गएका अन्य माओवादी घटक सत्ता बाहिर भएपनि जनयुद्ध दिवस भने सबैले मनाउँदै आएका छन । सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर पहिलाे पटक सार्वजनिक विदा दिएको छ ।

युद्ध, युद्धपछिका बेला माओवादीले जनयुद्ध शुरु गरेको दिनलाई उत्सवकै दिवसका रुपमा मनाउँदै आएका छन । नेपालमा एकात्मक शासन व्यवस्थाले ग्रामिण दुर दराजका जनता राजनीतिक, आर्थिक, समाजिक हक अधिकारबाट उपेक्षित भएको भन्दै माओवादीले विद्यमान व्यवस्था परिर्वतनका लागि युद्ध नै थालेको थियो ।

 

मुलुकमा विद्यमान राजतन्त्र व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि माओवादीले थालेको युद्धका क्रममा हजारौँले ज्यान गुमाए, सहिद भए । तर, जनयुद्ध अनुरुप अहिले आम विपन्न जनतालाई आधारभूत हक अधिकार प्रत्याभूति नभएको भन्दै आलोचना समेत भईरहेको छ । संगै युद्ध गरेका केही माओवादी घटक सत्ता र केही सत्ता बाहिर छन ।

केही माओवादी नेताहरुले नेतृत्व गरेका राजनीतिक दलले अहिले पनि वर्तमान संसदीय व्यवस्था अन्त्य हुनुपर्ने एजेण्डा अघि सार्दै आएका छन । युद्धका बेला संगै दिवस मनाएका माओवादी नेताहरु अहिलेसम्म टुटफुटको संकारमा पुगेपनि छुट्टाछुट्टै एव एकल रुपमा जनयुद्ध दिवस मनाउन थालेका छन ।

 
उनीहरुले जनयुद्ध दिवसकै उजप आज मुलुक यहाँसम्म आईपुगेको नेपाली जनतालाई थुप्रै राजनीतिक हक अधिकार प्रत्याभूति भएको भन्दै जनयुद्ध शुरुवात गरेकै दिन दिवस मनाउँदै आएका छन । विगतमा जनयुद्ध मनाउँदै आएका केही माओवादी अन्य दलमा प्रवेस गरेसंगै उनीहरुले विचार लिगेसि त्यागेसंगै उनीहरुले दिवस नमनाउने गरेको पाईन्छ ।

 

माओवाद लिगेशी भएका माओवादी घटक राजनीतिक दल, तिनका भातृ संघ संगठनहरुले जनयुद्ध दिवस मनाउन लागेका छन । कञ्चनपुरमा पनि माओवादी घटक राजनीतिक दलहरुले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने भएका छन ।


माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा जनयुद्ध दिवसकै दिन शुभकामना आदानप्रदान एव साँझ दिप प्रज्वलन गरेर दिवस मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले दिउँसो पाटी अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)कै प्रमुख आथित्यमा शुभकामना आदानप्रदान गरी दिवस मनाउने र साँझ जिल्लाका सबै पालिकामा दिप प्रज्वलन गरेर दिवस मनाईने बताए । नेकपा क्रान्तिकारी माओवादी र नेकपा बैद्य माओवादीले संयुक्त रुपमा कञ्चनपुरमा दिवस मनाउने भएको जनाएका छन ।

नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसमा कोण सभा एव विवित कार्यक्रम गरेर मनाउने बताए । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेशका सेक्रेटरी राम बहादुर महरा(चिन्तक)ले कोण सभा सहित एक आपसमा सुभकामना आदान प्रदान गरेर दिवस मनाउने बताए ।

‘हामीले यस पटक नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत मिलेर दिवस मनाउन लागेका छौँ, ‘उनले भने, ‘जनयुद्ध दिवसका दिन कोण सभा गरेर नै मनाउँछौँ ।’

नेकपा विप्लव कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले जनयुद्ध दिवसकै अवसमा पार्टीले सीमा क्षेत्र गड्डाचौकीदेखि जनयुद्ध दिवस मनाउने बताए । ‘अधुरो क्रान्ति सहित वैज्ञानिक समाजवाद निर्माणको प्रतिज्ञा सहित दिवस मनाउँछौँ, ‘उनले भने, ‘जनयुद्ध दिवसलाई प्रतिबद्धता दिवस मानेर देश र जनताका लागि काम गछौँ ।’

नेकपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र सिह ऐरीले पनि पार्टीले कोण सभा सहित विवित कार्यक्रम गरेर दिवस मनाउने बताए । ‘दिवस मनाउँछौँ, ‘यो ईतिहास हो, जनयुद्धको मर्म भावना अनुरुप थप राजनीतिक उपलब्धीका लागि नेता कार्यकर्तालाई उत्प्रेरित गराउँछौँ ।’

 

नेकपा विप्लव कञ्चनपुरका युवा नेता नरेन्द्र रानाक्षेत्रीले बेलौरीमा जनयुद्ध दिवस मनाउने बताए । उनका अनुसार दिउँसोतिर बजारमा दिवस मनाईनेछ ।‘हामी सहिद र सहिदले देखाएको बाटोमा उन्मुख हुन उत्प्रेरित गछौँ, ‘उनले भने, ‘दिवसलाई आत्मसाथ गरेर वैज्ञानिक समाजवादी निर्माणका लागि अघि बढछौँ ।’ जनताले माओवादी घटक राजनीतिक दलहरुसग जनयुद्धको मर्म अनुरुप देश र जनातको पक्षमा व्यवहारिक रुपमा काम गर्न अनुरोध गरेका छन ।


#जनयुद्ध दिवस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>