Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०१ गते सोमबार

कंचनपुर पर्यटन महाेत्सव केहिबेरमा उद्घाटन हुने, यस्ताे छ तयारि ।

आज फागुन १ गतेदेखि कञ्चनपुरकाे महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुन लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो ।

'कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार' भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औं संस्करण महोत्सव संचालन गर्न लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार प्रसार समिति संयोजक खगेश्वर बोहराले महोत्सवको तयारी पुरा भएर आज दिउँसो १२ बजेदेखि मेला संचालन हुने बताए ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 'महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ, 'महासचिव बोहराले भने, 'अब आजदेखि निरन्तर मेला संचालन हुन्छ ।' स्टल समेत संचालनमा आएका छन । वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको छ । कोरोना महामारीका कारण लगातार दुई बर्ष पछि ०७९ सालमा हुन लागेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्षले सघकै लगानीमा मञ्च व्यवस्थापन गरिएको बताए उनका अनुसार दर्शकको चापलाई मध्य नजर गर्दै मञ्च क्षेत्र बलियो बनाईएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले महोत्सव विगत भन्दा केही फरक परस्कृत बनाईने बताए । 'हामीले सुदूरपश्चिमको लोक संस्कृति झल्किने गरि देउडा प्रतियोगिता समेत सचालन गछौं, 'उनले भने, 'महोत्सव आर्थिक, समाजिक एवं साँस्कृतिक केन्द्रीत हुनेछ ।

अध्यक्ष जोशीले यसअघि देखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए ।

उनका अनुसार मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काम गर्ने बताए । 'महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रर्बद्धन हुने हामीले अपेक्षा राखेका छन, 'उनले भने, 'विगत भन्दा यस पटक केही मेला थप पुरस्कृत हुनेछ ।' लगातार दुई बर्ष मेला संचालन हुन नपाएपछि भारतीय उत्तराखण्डबाट समेत  मेलामा पर्यटक आउनेछन ।

महोत्सव अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया तोकिएको बताए ।

संघका कोषाध्यक्ष चेतराज जोशीले मेला अवधिभर झण्डै ५ लाख रुपैया बराबरको कारोबार हुने प्रक्षेपण गरिएको बताए ।

आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट, बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका २ सय हाराहारीमा स्टल रहेका छन । १० दिनसम्म संचालन हुने छ ।


#पर्यटन मेला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>