Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ फागुन ०१ गते सोमबार

उपत्यकामा यातायात नचलाउने यातायात सम्बद्ध मजदुरहरुकाे घाेषणा ।

यातायात मजदुरका तीनवटा संगठनहरुले भोलि देखि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने धोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने धोषणा गरेका हुन्।

'तीनवटा संगठनहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मिति २०७९ साल माघ १७ गते बुझाइएको दश बुँदे मागपत्रका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माघ २९ गते तीनवटै संगठनहरु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघ सहितका सरोकारवालाहरु सहित छलफल भएको थियो।

छलफलका निष्कर्षहरु सार्वजनिक गर्ने र फागुन ३ गतेदेखि देशव्यापी गरिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार गंगबुस्थित नयाँ बसपार्कमा भेला भएका मजदुरहरुलाई नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुदेशीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर, लोत्सेकै कर्मचारीहरु पंकज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित करिव ३० जनाको समुहले आक्रमण गरेको छ।

आक्रमणबाट दर्जनौं मजदुरहरु तथा संगठनका नेताहरु घाइते भएका छन् कतिपय मजदुरहरुलाई प्रहरीले पक्राउ गरेको छ साउण्ड सिस्टम तोडफोड गरेको छ । यस घटनामा आक्रमणकारीहरुलाई नियन्त्रण गर्नु पर्नेमा मजदुरहरुलाई नै बल प्रयोग गरी मजदुरहरुलाई निरुत्साहित बनाउने काम गरेको छ।

यस घटनाले नयाँ बसपार्कमा लोत्से कम्पनीको दादागीरी कतिसम्म छ भन्ने स्पष्ट पारेको छ। देशभरीका मजदुरहरुको कार्यथलोकरहेको देशकै केन्द्रीय बसपार्कमा आफ्नो कार्यक्रम पूर्ण रुपमा घाेषणा गर्न संगठनहरु र व्यवसायी महासंघका नेताहरु समेत रहेको उपस्थित रहेको कार्यक्रमको पूर्व सन्ध्यामा गरिएको भत्सर्ना गर्दछौं।

आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरी नियन्त्रणमा लिई कारबाही गर्नु अपिल गर्दछौं। र हाम्रो पूर्व निर्धारित कार्यक्रमलाई जोड्दै हाम्रा सम्पूर्ण दश बुँदे मागहरु पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु बन्द हुने यसै विज्ञप्ती मार्फत सबैलाई जानकारी गराउदछौं।

उपत्यका बाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत रुपमा सञ्चालन गर्न अपिल गर्दछौ। काठमाण्डौं उपत्यकाका यातायात श्रमिक, यातायात व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई सोही अनुसार सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न आह्वान गदौं। आम सर्वसाधारणमा यसबाट पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौं।' जारी प्रेस विज्ञप्तिमा भनिएको छ। 


#यातायात

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>