दार्चुलाकाे ब्याँस क्षेत्रमा भारतीय ज्यादती कायमै छ। भारतीय पक्षले तवाघाट–लिपुलेक सडक खण्डमा विस्फोट गराउँदा ढुंगा उछिट्टिएर व्याँस गाउँपालिका–२ का हिक्मत महराको घरमा क्षति पुगेको छ।
भारतले गत कात्तिक दोस्रो साता उक्त सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर हिक्मतका नौ वर्षीय छोरा पवनको मृत्यु भएको थियो । भारतले पुनः त्यही क्षेत्रमा विस्फोट गराउदा घरमा क्षति पुगेको छ।
व्यास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेर भारतीय सडकमा विस्फोट गराउँदा दुम्लिङ नजिकको अरतौलीमा रहेको महराको घरमा क्षति पुगेको जानकारी गराएको छ।
पालिकाले क्षतिपूर्तिका लागि पहल गरिदिन पनि आग्रह गरेको छ। अस्थायी प्रहरी पोस्ट दुम्लिङबाट प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी मुचुल्का तयार पारेको छ।
भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर सीमा क्षेत्रमा विगतदेखि नै व्यापक क्षति पु-याउँदै आएको छ।
महाकालीपारि भारतीय सडक निर्माणमा जिलेटिन पड्काउँदा नेपालतर्फ महराको घरमा क्षति पुगेको हो।
महराको घरको भित्ता र छानो क्षतिग्रस्त भएर बस्नै नसकिने अवस्था छ।
यस्तै नेपाली सेनाद्वारा निर्माणाधीन टिंकर सडक खण्डमा कामदार बस्न राखिएका टेन्टमा पनि ढुंगाले क्षति गरेको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया