Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ फागुन ०३ गते बुधबार

पाेखरा विमान दुर्घटना प्रारम्भिक प्रतिवेदन धावनमार्ग वान टू  उडान अनुमति दिनु अगाडि बिस्तृत अध्ययन गर ।
फायल फाेटाे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्न यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।

बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो सिफारिस गरेको हो । यस धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो । यससँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वान–टूबाट जहाजहरु अवतरण गर्न नपाउने भएका छन् ।

१ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज धावनमार्ग वानटूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना जहाज बेस लेगमा रहेका बेला दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएका कारण भएको देखिएको छ । यो किन भयो भन्ने बारे भने विस्तृत प्रतिवेदनमा मात्र भन्न सकिने आयोगका एक सदस्यले जानकारी दिए ।

‘प्रारम्भिक प्रतिवेदनले दुर्घटना यस कारण भयो भन्ने देखाएको हो,’ उनले भने, ‘यो अवस्था किन आएको हो भन्ने चाँही विस्तृत प्रतिवेदनले देखाउने छ ।’ यो अवस्था आउनु भनेको जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने बुझिन्छ । जसका कारण जहाज भुइँमा झर्न पुगेको हो । यसमा मानवीय वा प्राविधिक दुवै कारण हुन सक्ने भन्दै उनले विस्तृत प्रतिवेदनले मात्र दुर्घटनाबारे भन्न सकिने उनले बताए ।

सामान्यतया उडान सुरक्षामा तत्काल कुनै जोखिम भएमा त्यसलाई सच्याउनु पर्ने भएमा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन छ । सोहीकारण आयोगले यस्तो प्रतिवेदन निकाल्दै रनवे वान–टूबारे अध्ययन गर्न भनेको हो । आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेष्टिगेसन’ सूची सार्वजनिक गरेको छ ।

दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको पाइएको छ । सो दिन आकास खुला रहेको र कहीं कतै मात्र बादल देखिएको थियो । १४ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।


#पाेखरा बिमानस्थल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>