Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन ०४ गते बिहिबार

गाेवर्धन मठका शंकराचार्य आज नेपाल आउदै । यस्ताे छ कार्यक्रम ।

महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी आज बिहीबार काठमाडौँ आइपुग्दै छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेका हुन् । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।

पशुपति क्षेत्र विकास कोषले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य बिहीबार पशुपतिनाथ आइपुग्ने जानकारी दिए ।

कोषका अनुसार हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उहाँ सबैभन्दा वरिष्ठ व्याख्याता हुन् । उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५ औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ ।

शङ्कराचार्यले पहिलो दिन आशीर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो ।

शङ्कराचार्यका लागि नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाइएको कोषले जनाएको छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ। 

महाशिवरात्रिलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको छ । कोषले महाशिवरात्रिका दिनमा ५० जना भक्तजनलाई मात्रै विशेष पूजाको अनुमति भएको छ । यसअघि दुई सयभन्दा बढीले विशेष पूजा गर्ने गरेका थिए ।   



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>