Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
पुर्नवास
जुद्ध चाैधरी
२०७९ फागुन ०५ गते शुक्रबार

पुनर्वास बाट भारु १५ लाख र सुनका गरगहना सहित तीनजना पक्राउ

कञ्चनपुरकाे पुनर्वास बाट सशस्त्र प्रहरीले १५ लाख २८ हजार भारु नगद र गरगहना सहित तीनजनालाई शुक्रबार पक्राउ गरेको छ । पुनर्वासकाे वार्ड नं. ४ कार्गिल डाँडा बाट रकम सहित पक्राउ गरिएको हाे ।
         सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट कार्गिल डाँडा चेक पाेष्टमा चेक जाँचका क्रममा भारतीय रुपैया सहित सुनका गरगहना सशस्त्र प्रहरीले बरामद गरेकाे हाे । पक्राउ पर्नेमा कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका ८  बस्ने २९ वर्षिय अमर भूल , साेहि ठाउँ बस्ने ३४ वर्षिय खडग सिँह भूल र डडेल्धुरा जिल्ला अालिताल गाउँपालिका ५ बस्ने विरेन्द्र सार्की पक्राउ परेका हुन । भारतकाे दिल्ली बाट नेपाल फर्कि रहेका उनीहरु लाई शंकास्पद मानी झाेला चेकजाँच गर्दा भारतीय रुपैया र सुनका गरगहना फेला परेकाे हाे ।
        बरामद गरिएको गरगहना र भारतिय रुपैया राजश्व कार्यालयमा बुझाउने तयारी भईरहेकाे थापा चाेक बिओपी का सशस्त्र प्रहरी निरिक्षक रामराज खनालले बताउनु भयाे । बरामद गरिएको रकम र गरगहना भारत बाट चाेरी गरी ल्याएकाे हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>