Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०८ गते सोमबार

बनले समात्याे काठ र ५ माेटरसाईकल, तस्कर समुहका ४ जना फरार ।
फायल फाेटाे

कञ्चनपुरको लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा एक तस्कर सहित काठ र मोटरसाईकल बरामद गरिएको छ ।

लालझाडी राष्ट्रिय वनबाट काठ तस्करी गरिरहेको अवस्थामा वनको टोलीले काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादवले मोटरसाईकलमा काठ तस्करी गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार काठ तस्करीमा पुनर्वास नगरपालिका २का विसाल तामाङ्गलाई पक्राउ गरिएको छ । उनका अनुसार तामाङ्ग सहित पाँच जनाले मोटरसाईकलमा काठ तस्करी गरिहरका थिए ।

वनको टोली देख्नासाथ अरु चार जना भागेको र तामाङ्गलाई मात्रै पक्राउ गर्न सकिएको बताए । पाँच गोलिया २८क्युफिट काठ सहित पाँच मोटरसाईकल बरामद गरिएको छ ।

से ४प५२०५, से५प४७१९,से६प७८९१,सुपप्र १११८ र सुपप्र ०१–०१०प ४११०नम्बरको मोटरसाईकल बरामद गरिएको छ । अन्य चार जना फरार भएकाहरुको समेत खोजि भईरहेको उनले बताए ।

काठ तस्करमाथि वनले सकृयता बढाएसंगै बन्य बाँकी तस्करीमा संलग्न व्यक्ति समेत नियत्रण गरिने वनले जनाएको छ । तस्करीमा संलग्नमाथि कार्बाही गरिने वनले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>