कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्र व्यवस्थापनकाे कार्यालय स्थापना गरिएको छ ।
सोमबार एक कार्यक्रमका विच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको स्थापना गरेका छन ।
कार्यक्रममा बेदकोट नगरका प्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्रको कामकाज अघि बढाउन आब्हान गर्नुभयो । रोजगारीसंग जोडिएको विषय भएकाले ढिलाई गर्न नहुने बताए ।
कार्यालय स्थापना गदैै मन्त्री भण्डारीले कञ्चनपुरलाई औद्योगिक हब बनाउने बताउनुभएको छ । मन्त्री भण्डारीले सुख्खा बन्दरगाह, महाकाली कोरिडोर निर्माण गर्दै त्रिदेशीय नाका विस्तार र दैजीछेला औद्योगिक क्षेत्र विस्तार गरेर जिल्लालाई औद्योगिक क्षेत्रकै रुपमा अघि बढाउने बताउनुभएको हो ।
मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने बताउदै मन्त्री भण्डारीले सुदूरपश्चिमलाई विकासको मुल प्रवाहमा ल्याउनका लागि खुटिया दिपायल सडक, सेती लोक मार्ग, हरैया विशेष आर्थिक क्षेत्र सहितका योजना अघि बढाईने बताए ।
‘सुदूरमा रहेका यि थुप्रै औद्योगिक क्षेत्र अघि बढाउँदै रोजगारीका अवसर सृजना गछौँ, ‘मन्त्री भण्डारीले भने, अबउपरान्त कुनैपनि सुदूरकी आमाको कोखबाट जन्मिएको सन्तानले रोजगारीका लागि विदेशीन प्रदैन ।’
दैजी छेला औद्योगिक क्षेत्रलाई भोगाधिकारमा ल्याएर कार्यान्वयनका लागि ५ अर्ब बढी बजेट माग गरिएको बताए ।
विदेशी लगानी भित्यराउँदै सुदूरका औद्योगिक क्षेत्र अघि बढाउनेमन्त्री भण्डारीको भनाई छ । मन्त्री भण्डारीले दैजी छेला औद्योगिक क्षेत्र सुख्खा बन्दरगाह, हरैयामा बन्ने विषेश आर्थिक क्षेत्रले सिङो मुलुककै आर्थिक सम्बृद्धि हुने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नेपालगञ्जका प्रमुख कृष्ण पुनले दैजी छेला औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको बताए ।
वातावरणी प्रभाव मुल्याङ्गन प्रतिवेदन र डिपिआर तयार भईरहेको बताए । रुखहरुको छपान र नम्बरिङ्ग अन्तिम चरणमा पुगेको बताउदै पहिलो डिपिआर अनुरुप २५ हजार, ९७८ रुख रहेको अहिले ४३ हजार भन्दा बढि रुख भएकाले छपान कार्यमा केढी ढिलाई भएको बताए । भोगाधिकारका लागि अन्तर मन्त्रालयसंग समन्वय भईरहेको बताए । बेदकोट उद्योग वाणिज्य संघले लामो समयदेखि संचालन हुन नसकेको दैजी छेला औद्योगिक क्षेत्र संचालनमा जोडदिएका छन । बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले ०५२ सालदेखि नियमित यस क्षेत्रका निजी एव राजनीतिक तहबाट दैजी छेला औद्योगिक क्षेत्र विस्तारका लागि आवाज उठ्दै गएपनि अहिलेसम्म पुरा हुन नसकेको बताए ।
५ बर्षअघिकै डिपिआर अनुरुप काम भईरहेको भन्दै उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कञ्चनपुरमै इकाई कार्यालय खोलेर कामकाज अघि बढाउन उद्योगमन्त्री भण्डारीको ध्यानाकर्षण गराए । रुद्रपुरमा ५रुपैँयामा उत्पादन भएको बस्तु बिरगन्ज नाका हुँदै पुन कञ्चनपुर पुग्ने बस्तुको १५रुपैया तिर्नुपर्ने उपभोक्ताको बाध्यता हटाउनका लागि समेत औद्योगिक क्षेत्र संचालनमा जोडदिए । बेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मीले फागुन भित्रै भोगाधिकार हस्तान्तरण गर्दै औद्योगिक क्षेत्रको कामकाज अघि बढाउनुपर्नेमा जोडदिए ।
सुदूरपश्चिम प्रदेशका निर्वतमा मुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रदेशको सम्बृद्धिका लागि समेत औद्योगिक क्षेत्र संचालनमा जोडदिए । १चैत्र ०७२सालमा सरकारले ९सय विगाह क्षेत्रफलमा दैजी छेला औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । १० फागुन ०७८मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । भोगाधिकार बिनै शिलान्यास भएकाले योजनाले गति लिन नसकेको स्थानीयको भनाई छ । कार्यालय स्थापनासंगै छेला औद्योगिक क्षेत्रले गती लिने अपेक्षा गरिएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया