Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ फागुन ०८ गते सोमबार

प्रेस सेन्टर नेपाल दार्चुला शाखा को नियमित बार्षिक साधारण सभा को उद्घाटन सत्र सम्पन्न ।

प्रेस सेन्टर नेपाल दार्चुला शाखा को नियमित बार्षिक साधारण सभा दार्चुला को सदरमुकाम स्थित खलंगामा प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद जोशी को अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदस्य, नेकपा माओवादी केन्द्र की जिल्ला ईन्चार्ज एवम् नेकपा माओवादी केन्द्र की केन्द्रीय कमिटी सदस्य लक्ष्मी विक को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रम मा नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी विशिष्ट अतिथि एवम् जिल्ला समन्वय समिति प्रवक्ता खडक सिंह धामी रोशन अतिथि लगायत नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव, नेपाल पत्रकार महासंघ दार्चुला का अध्यक्ष लक्ष्मण सिंह धामी, नेपाल पत्रकार महासंघ दार्चुला का पूर्व अध्यक्ष शंकर सिंह धामी  लगायतको आतिथ्यता रहेको थियो।

उद्घाटन सत्रमा मनोज सिंह धामी र दिनेश कुवर ले प्रेस सेन्टर नेपाल दार्चुला शाखा मा आबद्ध भएको जानकारी सेन्टर की जिल्ला सचिव सारंगी खत्री ले बताएकी छन्।

पत्रकार शंकर सिंह धामी ले कार्यक्रम सफलता को शुभकामना दिँदै सिमा सुरक्षा एवम् विकास निर्माणमा मिडिया को भूमिका तथा जनप्रतिनिधि को कर्तब्य बारे धारणा राखेका थिए। यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव प्रेम चुनारा ले प्रेस सेन्टर नेपाल दार्चुला शाखा को वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले संगठन सानो ठूलो हुनु भन्दा पनि संचार जगतमा गुणात्मक भूमिकाको महत्वपूर्ण अर्थ हुने धारणा राखेका थिए।

कार्यक्रम सफलता को शुभकामना दिँदै विशिष्ट अतिथि एवम् नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी ले समाज परिवर्तनमा मिडिया को महत्वपूर्ण भूमिका रहेको र प्रेस सेन्टर नेपाल को यो व्यवस्था परिवर्तनमा पनि ठूलो योगदान रहेको बताएका थिए।
यस्तै कार्यक्रम का प्रमुख अतिथि लक्ष्मी विक ले विकास निर्माण, न्याय र शुशासनका क्षेत्रमा पत्रकार को भूमिका घाम झै छर्लङ्ग रहेको छ। साथै प्रेस सेन्टर नेपाल र नेकपा माओवादी केन्द्र को सम्बन्ध नङ् र मासु झै रहेको यसको भूमिका जनयुद्ध मा पनि त्यतिकै रहेको धारणा राख्नुभएको थियो।

कार्यक्रम को उद्घाटन सत्र समापन गर्दै अध्यक्ष हरि प्रसाद जोशी ले उपस्थित पत्रकार, उहाँले शुभचिन्तक लगायतलाई धन्यवाद दिँदै पत्रकार अवाजविहीनहरुको अवाज भएको कुरा उल्लेख गर्नुभएको थियो। आस्था जहाँजहाँ जोडिएको भएपनि मुद्दा निष्पक्ष तवरले उठान गर्मानुपर्नेमा प्रेस सेन्टर नेपाल सदैव अग्रसर रहेको धारणा राख्नुभएको थियो।


#प्रेस सेन्टर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>