Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०८ गते सोमबार

नेपाली कभाड ब्यावसायी मारमा, भारतियले गरे सेटिङ्ग, कर समेत छलि हुँदै ।

कवाड व्यवसायीले आफुमाथि भैरहेकाे ज्यादतीलाई रोकि समस्याको समाधान गरी पाँउ भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

कंचनपुरमा ४ जना नेपाली कभाड ब्यावसायी (चाैलानी, सरिता, केदार र सैपाल)ले सोमवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्याललाई ज्ञापन पत्र बुझाएका हुन।

व्यावसायीहरुले कभाड जन्य सामान काे काम गर्दा स्थानिय तह अनुसार दाेहराे कर तिर्नु परेकाे, पुराना तथा भारतिय व्यापारी हरुसंग मिलेर स्थानिय तहहरुमा सेटिङ्ग गरि आफुहरुलाई बिस्तापित गर्न भारतिय लागि परेकाे । गुण्डा समेत परिचालन गरेकाे । सिमा क्षेत्रबाट कर नतिरि भारत तिर कभाड तस्करि भैरहेकाे लगायतका गुनासाे प्रमुख जिल्ला अधिकारिलाई राखेका छन । यस्तै ब्यावसायिहरुले स्थानिय तहअनुसार २ देखि १० रुपैया कर लिने गरेकाेमा प्रदेशभरिका सबै पालिकाहरुमा कर एकनासकाे भएमा काम गर्न सहज हुने ब्यावसायिहरुले बताएका छन प्रमुख जिल्ला अधिकारिलाई बताएका छन ।

प्रमुख जिल्ला अधिकारिले कंचनपुरका पालिका का बिच बसेर छलफल भै समाधान गर्न सकिने बिषय आफुले प्रयत्न गर्ने बताएका छन ।


चौलानी कवाड पसल एण्ड सप्लायर्सका संचालक प्रेमसिंह कार्कीले भने जबसम्म हामी नेपालीहरुले कवाडको व्यापार सुरुवात गरेका थिएनौ यसरी कवाडको ठेक्का बढाबढ थिएन् उनले भने, ‘अहिले हामी नेपाली कवाड व्यवसायीहरु कवाडको ठेक्का लिन थाल्यौ केही नेपाल कवाडी व्यवसायीहरुले आफुहरुलाई यो पेशाबाट पलायन गराउनको लागि अबैधानिक रुपमा भारतिय कवाडीहरुलाई ल्याएर कममा ठेक्का हाली सुदूरपश्चिमभरी आफनो कालोबजारीको राज गरेका छन्’ ।

आफुहरुले पहाडका जिल्लाबाट कवाड संकलन गरेर तराईमा ल्याएर राख्दा उता पनि कर तिर्नुपर्ने र यता ल्याएर राख्दा पनि यताको पालिकामा पनि कर तिर्नुपर्ने समस्याले आजित भएको हुँदा यस्तो समस्या बन्द गरिदिन र आफनै देशमा काम गरी खाने व्यवस्था गरिदिनकाे लागि ज्ञापनपत्र बुझाएको बताए ।

नेपाली फर्ममा भारतिय कवाड व्यवसायीहरुलाई परिचालन गरी ठेक्का गर्ने, दोहोरो कर तिर्ने नियम लगायतको विरुद्धमा आफुहरुले यो कदम चालेको श्री सैपाल ट्रडर्स एण्ड सप्लायर्सका संचालक कवाड व्यवसायी नरबहादुर बोहराले बताए । आफुले ऋण निकालेर यो व्यवसायको सुरुवात गरे पहिला भारतमा रहँदा धेरै दुख पाए आफनै ठाँउमा काम गर्नुपर्छ भनेर भारतबाट आएर कामको थालनी गरे तर यहाँ पनि काम गर्ने वातावरण नहुँदा दुखी भएको बताए ।

एक प्रदेशमा कवाडको दररेट पनि एक हुनुपर्ने र भारतबाट आएका कवाड संकलहरुले गर्दा आफुहरु मारमा पेरको र ठेक्का प्रणाली पनि धाँधली गर्ने गरेकोले कैलालीका ६ जना भारतिय व्यापारीहरुले अबैधानिक कार्य गरको हुनाले सबैलाई कारवाही हुनुपर्ने उनले बताए । आफुहरुले आफनै देशमा रहेर बवाड संकलकको काम पनि निर्धक्क गर्न नसक्ने वातावरण भएपछि आफुहरुले कता जाने ? भन्दै उनिहरुले प्रश्न गरेका छन् ।


#कभाड ब्यावसाय

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>