Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०९ गते मङ्गलबार

आजदेखि शुक्लफाँटा महाेत्सव, १० दिन सम्म चल्ने ।

आज मंगलवार देखि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव संचालन हुन लागेको छ ।
भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव संचालन हुन लागेको हो । ‘आर्थिक सम्बृद्धिको पर्यटन विकास र पूर्वाधार’ भन्ने मुल नारा साथ छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरका मेयर पदम बोगटीको अध्यक्षता एव सरोकारवालाको उपस्थितीमा महोत्सव हात्तिसारमा उद्घाटन हुने छ ।

पहिलो दिन महोत्सव बारे औपचारिक जानकारी गराउँदै उद्घाटन कार्यक्रम रहेको नगरपालिकाले जनाएकाे छ  दोस्रो दिनदेखि विवित कार्यक्रम रहेका छन ।

दोस्रो दिन कञ्चनपुरका पत्रकारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण, तेस्रो दिन निकुञ्ज परिसरमा सरसफाई, चौथो दिन पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल, पाचौँ दिन मैत्रीपूर्ण फुटबल,छैटौँ दिन चरा अवलोकन, सातौँ दिन संरक्षण र पर्यटन बारे माध्यामिक स्तरिय वक्तृत्वकला, आठौँ दिन हिरापुरमा अवलोकन, नवौँदिन आन्तरिक पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल र १०औँ दिन विवित कार्यक्रम गरेर समान गरिने छ ।

भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका सरोकावाला पक्षसंग समन्वय गरेर यस अघि ५पटक महोत्सव गर्दै आएको छ । कञ्चनपुरको आन्तरिक पर्यापर्यटन पर्बद्धन गर्ने उदेश्य रहेको छ ।


#शुक्लफाँटा पर्यटन महाेत्सव

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>