Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन १३ गते शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टि सरकार बाट समर्थन फिर्ता लिदै सरकार बाट बाहिरिने भएकाे हाे । राप्रपाले आज शनिवार एक बिज्ञप्ति जारि गर्दै यस्ताे जानकारि गरेकाे हाे ।

शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पौष १० गते राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै माघ ३ गते सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको कारण यस्ताे निर्णयमा पुगेकाे बताएको छ ।

हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने राप्रपाकाे ठहर छ ।


परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका विज्ञप्तिमा उल्लेख गरेकाे छ  ।

पार्टिले प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको बताईएकाे छ 


#राप्रपा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>