Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
बैतडी
२०७९ फागुन १४ गते आइतबार

चाैलानी बाट निकालियाे जिवनकाे शव, ११ जना संगसाेधपुछ हुँदै ।

बैतडीको दशरथचन्द नगरपालिका–६, शेरा गएका युवा जीवन बुडालको शव आइतबार चौलानी नदीबाट निकालिएको छ ।

शनिवार दिउँसो जीवन बुडालसहित १२ जना साथी पिकनिक मनाउन चौलानी नदी किनारमा गएका थिए । ती मध्ये बुडाल राति चौलानी नदीमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

घटना बारे प्रहरीले पिकनिकमा सहभागी भएका अन्य ११ जनामाथि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । पिकनिक मनाउनसंगै गएकाहरुसंग सोधपुछ भइरहेको र घटनाका बिषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ वर्षीय जीवन बुडाल राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेको खुलेको छ । परिवारको रोहबरमा प्रहरीले लाइफ ज्याकेटको प्रयोग गरि बुडालको शव आइतबार नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

मृतक युवाको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको छ । शवको पोष्टमार्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>