चर्काे रुपमा ब्याज बढेकाे भन्दै कंचनपुर उद्याेग वाणिज्य संघ आन्दाेलित भएकाे छ ।
संघले ऋण लिदाका बखतको सम्झौता अनुसार व्याज कायम गर्नु पर्ने । ऋणको व्याजदर एकल अंकमा हुनु पर्ने र अव्यहारिक नीति खारेज गर्नु पर्ने माग अगाडि सारेकाे छ ।
आइतवार संघकाे कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै उद्याेग वाणिज्य संघले आन्दाेलनका कार्यक्रम अगाडि सारेकाे छ । याे कार्यक्रम तय गर्नु पुर्व ब्यावसायि हरुसंग बसेर छलफल गरेकाे हाे ।
संघले कोभिड १९ को महामारी पश्चात धरासायी भएका उद्योग व्यवसाय, यातायात व्यवसाय संचालनमा क्रमिक रुपमा सुधार भइ उद्योग व्यवसाय निर्वाध रुपमा संचालन हुने विश्वास निजी क्षेत्रले लिएको थियो। तर विगत ७ महिना देखि अनाहकमा लगानी योग्य पूँजीको अभाव र तरलताको समस्याका नाममा बैंकहरुले सम्झौता विपरित ऋणको व्याज दरमा अप्रत्यासित रुपमा बृद्धि गर्न थालेकाे यस्ले मुल्यबृद्धि पनि व्यापक बढेकाे उल्लेख गर्दै आन्दाेलन अगाडि सार्न बाध्य भएकाे बताएको छ ।
देशकै आर्थिक मेरुदण्डको रुपमा रहेका देशका सबै प्रकारका साना ठुला उद्योगी व्यवसायीहरु गरि खाने वर्गहरुलाई हतोत्साहित गरिएको र यसले मुलुकको उद्योग व्यवसायका साथै यातायात व्यवसायमा परेको असर प्रति कंचनपुर उद्योग वाणिज्य संघ तथा देश भरीकै उद्योगी व्यवसायी, यायतायात व्यवसायीहरुको गंभिर ध्यानाकर्षण भएको उल्लेख गर्दै चर्काे ब्याज विरुद्ध कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा यस जिल्लाका सम्पूर्ण वस्तुगत संघहरु र सरोकारवाला निकायहरुले संघर्षका कार्यक्रमहरु तय गरेकाे संघले जनाएकाे छ ।
संघले फाल्गनु १५ गते देखि विहान ११:०० बजे सम्म सम्पूर्ण उद्योग व्यवसाय प्रतिष्ठानहरु बन्द गर्ने र सो समयमा विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र तत्व पश्चात कोणसभा आयोजना गर्ने ।१८ गतेका दिन बैंकमा रकम जम्मा नगर्ने । र उद्योगी व्यवसायीहरुलाई आफ्नो खातामा भएको सम्पूर्ण रकम झिक्न लगाउने । र २० गतेका दिन संघको नेतृत्वमा सबै वस्तुगत संघ संस्थाहरु तथा सम्बन्धित सम्पूर्ण पक्षलाई समेटेर थप संघर्षका कार्यक्रमहरु गर्ने संघले जनाएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया