Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन १५ गते सोमबार

पाेखरि कटेजमा हाेलि विशेष कार्यक्रम हुने । भारतिय कलाकार समेत सहभागि हुने ।

 वेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पोखरी कटेजका संचालक रामदास रानाले फागुन २२ गते होली ईभ कार्यक्रम गरिने बताएका छन् ।

उक्त होली बिशेष कार्यक्रममा राष्ट्रिय तथा भारतबाट पनि कलाकारहरु आउने बताएका छन् । देउडा गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना, विपुल क्षेत्री, हास्य कलाकार अमुत नाथ लगायत स्थानिय लोक संस्कृती झल्कने थारु राना नृत्यहरुको प्रस्तुती रहने उनले बताएका छन् ।

तराईमा होली पर्वलाई बिशेष तवरले मनाउने परम्परा रहेको हुँदा आफनो कला संस्कृतीलाई जेगर्ना गर्नको लागि स्थानिय होली नृत्यहरु प्नि प्रस्तुतीमा रहने कटेज संचालक कृष्ण रानाले बताएका छन् । पछिल्लो समय होली पर्वमा विकृती वसंगती फैलिएको भएर आफुहरुले बिशुद्ध रुपमा फागु पूर्णिमा अर्थात रंगहरुको होली खेल्ने व्यवस्था मिलाउने उनले बताए । साथै उक्त कार्यक्रममा बिभिन्न खेल कार्यक्रम लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

कञ्चनपुरमा पछिल्लो समय पोखरी कटेज सबैको केन्द्रबिन्दुको रुपमा रहेको छ । टिकटक बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुम्नको लागि घुईचो लाग्ने र दैनिक ४ सय दखी ५ सय जनाले उक्त कटेजमा घुम्न तथा अवलोकन गर्न आउने गरेको कटेज संचालक रानाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा ५ हजार जना दर्शकहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताईएको छ ।


#हाेरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>