Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १७ गते बुधबार

शुक्लफाँटा प्रवेशकाे बेलडाँडि बाट खुल्याे ढाेका, भयाे उद्धाटन ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सहज हुने भएको छ। दक्षिणी क्षेत्र बेलडाडीमा निर्माण गरिएको प्रवेशद्धारको बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले उद्घाटन गरे।

उक्त अवसरमा मुख्यमन्त्री शाहले पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहने बताए। ‘प्रदेश सरकार पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध छ, पर्यटकीय क्षेत्रको विकासका लागि योजना बनाएर काम गरिनेछ,’ उनले भने।

विकास र समृद्धिको आधार पर्यटन भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेश सरकारले बेलडाडी रूट संचालनका लागि आवश्यक पूर्वाधारको स्तर बृद्धि गर्ने बताए।

बेलडाडीमा प्रवेशद्धार खुलेसँगै अब तीन ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिने भएको छ। यसअघि अर्जुनी र मझगाउँबाट मात्रै प्रवेश गर्न सकिन्थ्यो। सबैभन्दा बढी पर्यटक भने मझगाउँबाटै भित्रिने गरेका छन्। बेलडाडी गाउँपालिका–५ इमलिया हुँदै निकुञ्जमा पर्यटक प्रवेशका लागि रुट संचालनमा ल्याइएको हो। 

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेशका लागि ट्रयाक खोल्नुका साथै चौधर नदीमा काठे पुल निर्माण गरिसकेको बताए।

बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रुपमा निकुञ्ज प्रवेशका लागि कामकाज अघि बढेसँगै दक्षिणी क्षेत्र मात्र नभई भारतीय तथा अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुने देखिन्छ। 

धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झण्डै ४५ किलोमिटर दुरीमा रहेको बेलडाडीदेखि निकुञ्ज छोटो दुरीमा रहेको हुँदा दक्षिणी प्रवेशद्वारबाट समेत पर्यटकको आवतजावत हुनेछ।

रुट संचालनसँगै अब निकुञ्ज अवलोकनका लागि बेलडाँडीबाटै टिकट काटिने निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख किशोर मेहताले भने, ‘अब रुट संचालन भएसँगै बेलडाडीमै टिकट काट्ने व्यवस्था मिलाउँछौ।’



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>