Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन १७ गते बुधबार

बहुमत र चुरे सन्जालकाे पहलमा  निडर अधिकृतकाे अग्रसरतामा भत्कायाे पहुचवालाले बनाएकाे पर्खाल ।

कंचनपुर जिल्लाकाे चुरेमा निर्माणाधिन विपश्यना ध्यान केन्द्रकाे धार्मिक वनमा गत बर्ष बनेकाे पर्खाल आज बुधवार डिभिजन वन, नेकपा बहुमत, चुरे संरक्षण संजाल र स्थानियकाे पहलमा भत्काउन सुरु भएकाे हाे ।

२०७७ साल फागुनमा सुदूरपश्चिम विपश्यना साधना धार्मिक वन नामकाे धार्मिक वन डिभिजन वन कार्यालय कंचनपुरमा दर्ता भएकाे हाे ।

भिमदत्त नगरपालिकाकाे ८ काे उत्तरि चुरे भागमा रहेकाे जंगलकाे बिचमा याे वन दर्ता भएकाे छ । वनकाे अध्यक्षमा नारद पाण्डे समेत गजेन्द्र चन्द, भुवन राज जाेशी लगायतका ब्याक्ति रहेका छन । गत बर्ष प्रदेस सरकारबाट २५ लाख रकम ल्याई जंगलमा पर्खाल निर्माण गरिएकाे थियाे। यश बर्षपनि पर्खाल निर्माण लगायतका ३ वटा शिर्षकमा एक कराेड रकम प्रदेश सरकारबाट छुट्याएको छ ।

याे बजेट पछि झन आशंका बढेकाे भन्दै नेकपा (बहुमत), स्थानिय र चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरले चुरे वनमा निर्माण हुन लागेको ध्यान केन्द्र खारेजीको माग अघि सारेको थियाे भने नेकपा बहुमतले वन खारेजि लगायतका माग राखि ब्यानर नै टासेकाे थियाे ।

स्थानियका बाख्राका खाेर हटाएर बनकाे बिनास हुन बाट जाेगाउने भन्दै यहाँ वन तथा स्थानियले खाेर हटाएर वन संरक्षणकाे थालनि गरेकाे संरक्षण संजालका अध्यक्ष रविन्द्र बहादुर कुँवरले बताए । उनले थपे यसरी संरक्षण गरेकाे वनमा सिघै डाेजर लाग्ने, सिमेन्टका संरचना निर्माण हुने, विभिन्न भवन संरचना बन्ने अवस्था छ याे जंगल नाेक्सान बिना सम्भव छ ? निश्चित पनि वनका कर्मचारि यस्तै समुहहरु बिच मिलाेमताेमा बिनास हुने भएका कारण याे वन खारेजिकाे माग राखेकाे र वनमा बनेकाे पर्खाल भत्काउन सुरु गरेकाे  बताउछन ।

यस्तै संरक्षण कर्मि धर्मानन्द पन्तले जंगलभित्रै विभिन्न धार्मिक वन भएकाे उदाहरण दिदै त्यहाँ ध्यान केन्द्र स्थापना गर्न सकिने अवस्था हुदाहुदै किन भिन्नै वन चाहिएकाे हाे ? जहाँ हरिया सालका रुख छन त्यहि ठाउँ देखिएपछि आफुलाई आशंका बढेकाे बताउनुभयाे । यदि वन विनासकाे लक्ष्य हाेईन भने स्थानिय समेत सबैलाई समेटन सक्नु पर्थ्याे त्यस्ताे पनि देखिएन । त्यस्तै धार्मिक वन झिलिलामा ५-१० हजार पैसा सरकारले लगानि नगरि शाैचालय निर्माण हुन नसकेकाे अवस्थामा त्यहा एकै पटक २५ लाख फेरि १ कराेड रकम छुट्याएको देखेर थप शंका उत्पन्न भएकाे पन्तकाे भनाइ छ ।

सञ्जालले डिभिजन वन कार्यालय, प्रमुख जिल्ला अधिकारि, जिल्ला समन्वय प्रमुख, भिमदत्त नगरपालिका लगायतका ठाउँमा गत हप्ता ज्ञापन पत्र बुझाएका थिए ।
डिभिजन वन कार्यालय कञ्चनपुरले कार्ययोजना विपरित कार्य भएकाे देखिएकाे पक्कि संरचना बनाउन नमिल्ने ठाउँमा पर्खाल बनाएका कारण पर्खाल भत्काएकाे जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>