Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
झलारि
२०७९ फागुन १८ गते बिहिबार

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा ।

शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ।

वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए।

‘वडाभित्रका विपन्न ४० परिवारको स्वास्थ्य बिमा गरेका छौं,’ उनले भने, ‘प्रति परिवार वडा कार्यालय ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ।’ यसगरी, वडा कार्यालयले एक सय परिवारलाई डोल वितरण, १२ वटा समूहलाई चारो काट्ने मसिन र २० परिवारलाई फिडर (बाख्रालाई दाना तथा घाँस) खुवाउने मसिन वितरण गरेको छ।

वडाभित्र विपन्न ५ परिवारको लागि शौचालय निर्माण, सार्वजनिक ५ ठाउँमा अटोमेटिक नल्का जडान गरिने अध्यक्ष ऐरले बताए। ‘यहीँ वर्ष ५ वटा ठाउँमा अटोमेटिक नल्का जडान गर्छाै, ठाउँ छनौट गर्न बाँकी छ,’ उनले भने, ‘विपन्न परिवारको लागि शौचालय पनि यसै वर्ष निर्माण गरिनेछ।’ वडा कार्यालयले युवा÷युवतीलाई ड्राभिङ तालिम पनि दिनेछ। ‘वडावासीलाई आत्मनिर्भर हुने खालका तालिमहरु दिदै आएका छौं,’ उनले भने, ‘ड्राभिङको तालिम पनि चाडै सञ्चालन गर्नेछौं।’ वडा कार्यालय प्रत्येक वर्ष खेलकुद सामाग्री समेत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>