Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७९ फागुन २१ गते आइतबार

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासकाे मत लिदै ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने बताइएको छ ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यता नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसले आफूहरुसँग छलफलसमेत नगरेको भन्दै आपत्ति पनि जनाएको छ ।

दलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै यसको जानकारी गराउँदै मुख्यमन्त्रीमा माओवादीकै दाबी रहेको बताएको छ ।

मुख्यमन्त्री शाहलगायत सबै विषयमै प्याकेजमा सहमति नभए मत दिन नसकिने माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।


#मुख्यमन्त्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>