Samriddhipost
२०८१ असोज २३ गते बुधबार
बैतडी
२०७९ फागुन २४ गते बुधबार

मृत्यु भएकाे ११ दिन पछि परिवारले शव बुझे । १२ जना प्रहरी नियन्त्रणमा ।

चौलानी नदी किनारमा मृत फेला परेका जिवन सिह बुडालको शव आफन्तले बुझेका छन । मृत फेला परेको ११ दिन पछि मंगलबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत जिवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका थिए ।

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेका थिएनन । बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा रहेका छन् ।

उनीहरुमा माथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको निरिक्षक जाेशीले बताए ।

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>