Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
काठमाडौं
२०७९ फागुन २५ गते बिहिबार

सुवासलाई पराजित गर्दै रामचन्द्र राष्ट्रपतिमा निर्वाचित ।

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसद्‍मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका हुन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भए ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमोर्चा, नेसपा र आम जनता पार्टी पौडेललाई खुलेर समर्थन गरेका थिए । बिहीबार मतदानअघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पनि पौडेलको पक्षमा उभियो । नेम्वाङलाई भने एमाले मात्रका उमेदवार देखिए ।

२०६५ सालमा गणतन्त्र घाेषणा पछि पहिलाे राष्ट्रपतिका रुपमा रामवरण यादव २ कार्यकाल २०७४ सम्म राष्ट्रपति रहे २०७४ सालमा तेस्राे कार्यकाल र पहिलाे राष्ट्रपतिका रुपमा विद्यादेवि भण्डारि राष्ट्रपति हुनुहुन्छ । 


#राष्ट्रपति निर्वाचन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>