श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने छैनन् । जहाजको इन्जिन सुरक्षा जाँचमा उड्न भर्न योग्य भए/नभएको परीक्षण गरिनेछ । परीक्षणमा योग्य प्रमाणित भए क्यानले उडान अनुमति दिनेछ ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो । श्री एयरलाइन्ससँग आठवटा जहाज छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया