Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन २७ गते शनिबार

बेलाैरि क्याम्पसमा भयाे उमेदवारि दर्ता, ४ संगठन १ स्वतन्त्र सहित ५ काे उमेदवारि ।

आगामी चैत ५ गते हुन गईरहेको स्ववियु निर्वाचनका लागि कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार सहित स्ववियु सभापतिमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन । 

स्ववियु निर्वाचनका लागि महाकाली बहुमुखी क्याम्पसमा शनिबार ४ बिद्यार्थी संगठन र १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । 

क्याम्पसमा नेपाल बिद्यार्थी संघ,नागरिक बिद्यार्थी समाज, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारी र १ जना स्वतन्त्र उम्मेदवारले सभापतिमा उम्मेदवारी दर्ता गराए पछि निर्वाचन समितिले प्रथम नामावली प्रकाशन गरेको छ । 

नेपाल बिद्यार्थी संघको तर्फबाट सभापतिमा निरज भण्डारी,सचिवमा कलावती राना,काषाध्यक्षमा मञ्जु अवस्थी,सदस्यहरुमा कबिता बोहरा,अस्मिता बिष्ट,पशुपती राना,बन्दना कुमारी बिष्ट र कल्पना चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।  

  

यस्तै नागरिक बिद्यार्थी समाजबाट सभापतिमा उर्मिला चौधरी,सचिवमा मख्खन चौधरी, काषाध्यक्षमा सुरज चन्द,सदस्यहरुमा दिलमाया चौधरी,बन्दना राना,सोनु खुना,प्रदिप चौधरी र दिपा चौधरीले उम्मेदवारी दर्ता गराएका छन । 

स्वतन्त्रबाट सभापतिमा रमेश तमोलीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनबाट सभापतिमा हिरामोती चौधरी, सचिवमा यशोदा रेग्मी, काषाध्यक्षमा रमेश जोशी,सदस्यहरुमा राहुल कुमार बोट,दिलमाया राना,प्रेमसिंह चौधरी,मेनिका थापा र लक्ष्मि क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन । 

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारीबाट सभापतिमा सपना चौधरी, सचिवमा भागरथि नेपाली, काषाध्यक्षमा दिपा राना, सदस्यहरुमा प्रदिप कुमार बोट,लक्षिराम राना,सुस्मिता चौधरी,चन्द्र कुमारी राना र आरती रानाले उम्मेदवारी दर्ता गराएका छन ।  कंचनपुरका विभिन्न क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका कारण उमेदवारि दर्ता हुन सकेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>