Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन २९ गते सोमबार

विश्वविद्यालयका क्याम्पसहरुमा गरिएका तालाबन्दी बिरुद्ध कडा संघर्षमा उत्रिने :अनेरास्ववियु  ।

स्ववियू निर्वाचन नजिकीदै जादा विभिन्न क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी विरुद्ध कडा संघर्षमा उत्रीने नेकपा एमाले निकट अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले जनाएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ को सम्वन्धमा उम्मेद्धवार समेत छनौट भई निर्वाचनको मिति नजिकिदै जादा विभिन्न वाहानामा क्याम्पसहरुमा गरिएको तालावन्दि यथाशक्य चाडो निर्वाचनको वातावारण वनाईदिन अनरोध गर्दै  नेकपा एमाले निकट अखील नेपाल स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले अनरोध गरेको छ । 

सोमवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले निकट अखील नेपाल स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरका अध्यक्ष कमल रोकायाले स्ववियू निर्वाचनमा हारको मानसिकताले हतास भएर सत्ता पक्षिय पार्टी निकट विद्यार्थी संगठनहरुले तालावन्दि गरेको भन्दै यथाशिघ्र निर्वाचनको वातावरण वनाउन अनरोध गरेको छ । 

आफ्नो संगठनले उम्मेद्धवार छनौट गरि निर्वाचनको लागी तयार भएको अवस्थामा गरेको तालावन्दिले विद्यार्थीको चुनिने चुन्न पाउने अधिकारको हनन भएको भन्दै समस्या समाधान नभए कडा रुपमा प्रस्तुत हुने र यसको जिम्मेवार सरोकारवाला आफै हुने चेतावनी समेत दिनु भएको छ । 

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा चैत्र ५ गते तथा सुदुरपश्चिम विश्वविद्यालयमा चैत्र ८ गते सम्पन्न्न हुने निर्वाचनमा कञ्चनपुरका १६ विद्यालयमा निर्वाचन गर्ने कार्यतालीका रहेको थियो । तालावन्दिका कारण केहि विद्यालयहरुमा निर्वाचन स्थगित गरिएको छ ।


#स्ववियु निर्वाचन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>