Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०१ गते बुधबार

कुतियाकबरमा बाढि पिडितका आश्रयस्थल बन्ने, सुनारले दिए जग्गा ।

कञ्चनपुरको दोधारा चादनी नगरपालिमा बाढीबाट बच्न ‘सुरक्षित आश्रय गृह’ निमार्ण हुने भएको छ ।  दोधारा चादनी नगरपालिका संगको सहकार्यमा विभिन्न गैरसरकारी संस्थाहरुले ‘सुरक्षित आश्रय गृह’ निर्माण गर्ने तयारी गरेका हुन  ।

कञ्चनपुरको दोधारा चादनी नगरपालिकाको वडा नम्वर १० को बाढीको जोखिम रहेको कुतिया कवर क्षेत्रमा ‘सुरक्षित आश्रय गृह’ निर्माणको तयारी गरिएको हो । नगरपालिका संगको सहकार्यमा निड्स नेपाल कञ्चनपुर र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडव्ल्युए) ले उक्त आश्रय गृह’ निर्माण गर्न लागेका हुन ।

कुतिया कवर क्षेत्रमा रहेका  ५० घरधुरी बर्षेनी बाढीको चपेटामा पर्ने गरेका छन । महाकाली नदी र जगबुडा नदीको विचमा रहेका उक्त क्षेत्रमा वर्षेनी बाढीले लाखौको धनमालका क्षती पुरयाउदै आएको छ् । बाढीको कारण मानविय क्षतीको त्रास पनि त्यत्तीकै रहन्छ् । बस्तीमा मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण हुने भएपछि स्थानियहरुमा खुशी छाएको छ् । वर्षेनी बाढीले क्षती पुर्याउने हुदा चार वर्ष देखी सुरक्षित आवासको लागी मागगर्दै आएको  हुदा अव निमाृण हुने आश्रय स्थलको लागी श्रमदान गर्न समेत आफुहरु तयार रहेको स्थानीय वसन्ति सुनारले वताउनु भएको छ ।

सुरक्षित आश्रय स्थल निमार्णका लागी स्थानिय टेक बहादुर सुनारले जग्गा दान गर्ने भएका छन् । जग्गा प्राप्ती पछी नगरपालिका र संघ–संस्थाको लगानीमा आश्रय स्थल निमार्ण हुने भएको हो ।  आश्रय स्थल निर्माण पश्चात ज्यान जोगिनुका साथै अन्न वाली समेत सुरक्षित हुने हुदा आफु धेरै खुशि भएको समेत जग्गदाता टेक वहादुर  सुनारले वताउनु भएको छ ।  बाढी आएको वेला वस्ति भन्दा ३ किलोमिटर टाढा गएर अम्विका स्कुलमा आश्रय लिनु परेको विगत सम्झिदै उनले आश्रय स्थल निर्माण पछी बर्षातको वेला सुरक्षित बस्ने सपना पुरा हुने समेत वताउनु भयो ।
वर्षातको समयमा यस क्षेत्रमा बाढीबाट ठुलो समस्या आउने र मानविय संगै धनमालको क्षतीलाई रोक्न सुरक्षित आश्रय गृह बनाउने तयारी गरीएको दोधारा चादनी नगरपालिका बिपद शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताउनु भएको छ् । दोधारा चादनी नगरपालिका क्षेत्रको बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न झण्डैं ४० लाख लाग्ने अनुमान गरिएको समेत उहाले वताउनु भएको छ ।

दोधारा चादनी नगरपालिकाको भारत संग जोडिएको तथा महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको बाढीको अति संबेदनशिल बस्ती रहेको हुदा कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल बनाउन बिगत लामो समय देखि स्थानियहरुले माग समेत गर्दै आएका थिए । दोधारा चादनी नगरपालिका नगरप्रमुख  किशोर कुमार लिम्बुले निर्वाचनका वेला गरेका प्रतिवद्धता अनुरुप उक्त हाश्रय स्थल निर्माणलाई प्राथमिकतामा रखेका हुन ।


#आश्रयस्थल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>