Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ०१ गते बुधबार

दोधारा चाँदनी बिपन्नको बस्ने घर निमार्ण गर्दै मेयर लिम्बु ।

दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण हुने भएका छन् । चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई दोधारा चाँदनीमा मेयर आवास कार्यक्रम अन्तर्गत १० वटा घर निमार्ण हुन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताएका छन् ।

आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न यस चालु आर्थिक वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालयको मेयर आवास कार्यक्रम अन्तर्गत रु. २५ लाख रकम बिनियोजन गरेको हो । दोधारा चाँदनी नगपालिकाका वडा नं. ३, ४, ५, ७ र ९ वडामा रहेका बिपन्नहरुलाई छनौट गरि आवासहरु निमार्ण कार्य अघि बढाईने भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताएका छन् । ‘आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि कार्यक्रम अघि बढाएका हौं’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने । गरिबलाई घर दिने उद्देश्यले मेयर आवास कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको पहलमा मेयर आवास योजना संचालन गरिएको हो । छनौट गरिएको ब्यक्तीहरुको घर निमार्णको लागी उपभोक्ता समिति गठन कार्य अघि बढाईएको छ । मेयर आवास कार्यक्रम अन्तर्गत गरिबको घर बनाईदिने भएपछि स्थानियहरु खुसी भएका छन् ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घर घरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले मेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माँग समेत गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>