Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०३ गते शुक्रबार

कृष्णपुरमा दर्ता बिनाकाे संस्थाले कसरी उठाउदै छ रकम ?

कंचनपुरकाे कष्णपुरमा दर्ता नै नभएकाे संस्थाले रकम उठाईरहेकाे छ । कृष्णपुर नगरपालीका वडा २ मा पर्ने गडबिजला सामुदायीक वन छाडा चाैपाया ब्यावस्थापन समिति नामकाे ठेलि राखेर गडबिजला सामुदायीक वन क्षेत्रकाे पुर्वपश्चिम राजमार्गमा मछेली नदिकाे नदिजन्य बस्तुमा रकम असुली भैरहेकाे छ ।

मछेलि नदि बाट नदिजन्य बस्तु लिइ आउने सवारि साधन बाट प्रति साधन प्रति पटक चालिस रुपैयाँ लिने गरेकाे छ ।

कृष्णपुर नगरपालीकाका सुचना अधिकारी प्रेम बाेगटिका अनुसार साे नदिकाे नदिजन्य बस्तुमा बालाजि कन्सट्रक्सनकाे ठेक्का रहेकाे र सडक शुल्क कर पनि साेहि ठेकेदार कम्पनिकाे रहेकाे अरु थप कुनै खाले कर नगरपालिकाले मछेलिमा नउठाउने र यस्ता कर उठाउदा नगरपालिकाकाे संरक्षण, सहयाेग  सहकार्य हुदैन भनेर बताउनुभयाे ।

रकम असुलि गरिरहेकाे वनका अध्यक्ष धनिराम चाैधरिले नगरपालीकाकाे सम्पर्कमा रहेर काम गरिरहेकाे हाे । नगर कार्यपालिकाकाे निर्णय अनुसार नै काम गरेकाे, नगरपालिकाले बजेट दिएकाे छाडा चाैपाया ब्यावस्थापनका लागि आफुले किसानकाे सुरक्षा र दुर्घटना बाट बचाउन वनकाे ठाउँ मात्र दिएकाे हाे भनेर बताएका छन । अध्यक्ष चाैधरिले थप्दै भने मेयर सापले वनले रकम उठाउन पाउँदैन गाईगाेरु ब्यावस्थापनका लागि राहत हुन्छ भने उठाउन भन्नू भएर याे रकम उठाएकाे हाे । अन्यथा याे रकम उठाउने आफ्नाे प्लान नरहेकाे बिगतकाे समितिले प्रति गाडि सय रुपैयाँ सम्म उठाएर १८-२० लाख जति रकम उठाेएकाे  बताए ।
गडबिजला सामुदायिक वन छाडा चाैपाया गाईगाेरु ब्यास्थापन समिति कृष्णपुर २ का संयाेजक गाेपाल भारतिका अनुसार नगरपालिकाकाे समन्वयमा नगरप्रमुख बाट गत कार्तिक ७ गते लक्ष्मि पुजाकाे दिन यहाँ चाैपाया ब्यावस्थापनकाे उद्घाटन हाे ।

भारतिका अनुसार अहिले करिव ४-५ सय गाई गाेरु ब्यावस्थापन भैरहेकाे । अहिले ६ बिगाहमा तारबार गरेकाे उक्त ठाउमा फरक किसिमका चाैपाया छुट्टा छुट्टै राख्ने ब्यावस्था मिलाउने तयारि रहेकाे । १ गाई ब्याएकाे र २ ब्याउने तयारिमा रहेकाे । यस्काे हेरचाहकाे लागि नगरपालिकाले १ हेरालु र ब्यावस्थापन समितिका तर्फवाट २ जना हेरालु र स्याहार गर्ने कामदार राखेकाे र भबिष्यमा अझ राम्राे तरिकाले ब्यावस्थापन गर्ने तयारि रहेकाे बताएका छन । यस्का लागि पशु विज्ञ सेवा केन्द्र कंचनपुरले पाँच लाख सहयाेग गर्ने भएकाे उक्त रकमले ठुलाे सेड गाेठ निर्माण गर्ने बताए । यसैगरि कृर्षि मन्त्रालयले ५० ट्रलि पराल समेत दिएकाे हामी राम्राेनै गर्ने पक्षमा रहेकाे अहिले सम्म गाडिहरुबाट उठाएकाे रकममा सत्तरी हजारमा मात्र खर्च गरेकाे बताएका छन ।

कृष्णपुर नगरपालीका मेयर हेमराज ओझाकाे माेवाईल मा सम्पर्क गर्दा माेवाईल उठेन ।






#रकम असुली

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>