Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०४ गते शनिबार

सुरक्षाका लागि राखिएका क्यामरा अधिकाँस खराव, लेखापढि गरेका छउ प्रहरी ।

कंचनपुरमा सार्वजनिक स्थानमा राखिएका अधिकाँस सिसि क्यामरा खराव अवस्थामा रहेका देखिन्छन । कंचनपुरकाे मुख्य ठाउँहरु सिमानाका, बजार, राजमार्ग र चाेकहरुमा  जडान भएका क्यामरा बिग्रिएका हुन ।

कंचनपुरमा यस्ता एक सय पंन्चानब्बे क्यामरा प्रदेस, स्थानिय सरकार र यातायात ब्यावसायी कम्पनिले राखिदिएका हुन । यस्ता क्यामेरा बाट थाेरै सुरक्षा कर्मि बाट धेरै ठाउँकाे सुरक्षा गर्न सकिने र भिडियाे फुटेज रेकर्ड हुने भएका कारण धेरै केशहरुका प्रमाण समेत संकलन हुने कंचनपुर प्रहरी प्रमुख यसपि कमल थापा बताउछन । समाचार तयार पार्दा सम्म एक सय बीस क्यामेरा मात्र संचालनमा छन । पचहत्तर क्यामरा बिग्रेकाे अवस्थामा छन ।

बिगतका बर्षहरुमा प्रदेश सरकारले २५, भिमदत्त नगरपालिकाले २०, बेतकाेटले २५, यातायात कम्पनिहरुले ११, बेलैरिले २०, दाेधारा चाँदनीले ७, बेल्डाडि गाउँपालिकाले ६, पुर्नवास नगरले  ४,  कृष्णपुरले १४, शुक्लफाँटाले ११  क्यामेरा जडान गरिदिएकाे बाकि क्यामरा प्रहरि आफैले जडान गरेकाे र साे क्यामराकाे नियन्त्रण वा रेकर्ड प्रहरी कार्यालयहरुमा रहेकाे छ ।

यसरि जडान भई संचालनमा रहेका क्यामरा बिग्रिदा मर्मत सम्भार नहुदा थप प्रहरी जनशक्ति खर्च गर्नुपर्ने, क्यामरा बिग्रेकाे ठाउँमा हुने घट्ना काे भिडियाे रेकर्ड प्राप्त नहुने लगायतका समस्या हुने गरेकाे र याे समाधानका लागि आफ्नै माथिल्लाे निकाय र जडान गरिदिने निकायहरुमा मर्मत सम्भारका लागि लेखापढि गरेकाे प्रहरी प्रमुख थापा बताउछन ।

जिल्ला प्रहरी प्रमुखका अनुसार मानिसकाे जनसंख्या बढिरहेकाे प्रहरी जनशक्ति पुरानै रहदा यस्ता डिजिटल माध्यमकाे थप आवश्यक्ता देखिएकाे बताउछन । कतिपय ठाउँमा नयाँ चाेक बिस्तार भएका, नया सडक निर्माण भएका छन यस्ता ठाउँमा पनि क्यामरा जडान गर्नु पर्ने आवश्यक्ता देखिएकाे प्रहरी प्रमुखकाे भनाई छ ।


#सिसि क्यामरा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>