Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०४ गते शनिबार

सिमा छलेर ल्याएकाे कुखुरा र माछा बरामद गरि नष्ट गरियाे ।
फायल फाेटाे

सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा र माछा बरामद गरेको छ। 

भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले बेलौरी नगरपालिका–१० सडकघाटबाट बोइलर कुखुरा र माछा बरामद गरेको हो। 

शनिबार बिहान सशस्त्र प्रहरी नायब निरीक्षक गंगा बोगटीको कमाण्डमा खटिएको सशस्त्र टोलीले सीमा क्षेत्र सडकघाटबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा र ५० केजी माछा बरामद गरेको थियो। 

कुखुरा र माछासँगै बिना नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गरिएको ८० हजार भन्दा बढी मुल्य बराबरको बोइलर कुखुरा र माछा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको छ। 

चोरी तस्करीको माध्यमबाट खुला सीमा क्षेत्रबाट कुखुरा, माछा भित्रिन थालेपछि नेपाली व्यवसायी मारमा परेका छन्। कुखुरा जन्य राेग समेत भित्रिन सक्ने चिन्ता किसानलाई बढेकाे छ ।


#कृर्षि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>