सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा र माछा बरामद गरेको छ।
भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले बेलौरी नगरपालिका–१० सडकघाटबाट बोइलर कुखुरा र माछा बरामद गरेको हो।
शनिबार बिहान सशस्त्र प्रहरी नायब निरीक्षक गंगा बोगटीको कमाण्डमा खटिएको सशस्त्र टोलीले सीमा क्षेत्र सडकघाटबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा र ५० केजी माछा बरामद गरेको थियो।
कुखुरा र माछासँगै बिना नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको ८० हजार भन्दा बढी मुल्य बराबरको बोइलर कुखुरा र माछा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको छ।
चोरी तस्करीको माध्यमबाट खुला सीमा क्षेत्रबाट कुखुरा, माछा भित्रिन थालेपछि नेपाली व्यवसायी मारमा परेका छन्। कुखुरा जन्य राेग समेत भित्रिन सक्ने चिन्ता किसानलाई बढेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया