Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
बेलडाडि
२०७९ चैत ०५ गते आइतबार

राैलेश्वरमा सभापति सहित टिम अनेरास्ववियुले हात पार्दा सचिवमा नेविसंघका जाेशी विजयी ।

कञ्चनपुरको बेलडाँडीमा रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ ।

अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडू ‍१०९ मत सहित स्ववियु सभापतिमा निर्वाचित हुनु भएको क्याम्पस प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत प्रयागराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेविसंघको प्यानलबाट सभापतिका उम्मेदवार गजेन्द्र उपाध्यायले ८० मत प्राप्त गर्नुभयो ।

सचिवमा ९५ मत सहित नेविसंघका दिनेश जोशी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका भाष्कर भट्टले ९३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा १०९ मत सहित अनेरास्ववियुका भानुमति ऐरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी नेविसंघका कविता शाहीले ८३ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा अनेरास्ववियुका बलसिंह बुढाले ११३, बसन्ती डगौराले ११०, लक्ष्मण भट्टले १०६, वविता बमले १०६ र बिपना ताम्राकारले ९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

नेविसंघको प्यानलबाट सदस्यका उम्मेदवारहरू दीपेन्द्र भट्टले ९५, शिल्पा गिरीले ८४, पूजा दमाईले ८२, हिमांशु विकले ८१ र विमला लुहारले ७८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो । उक्त क्याम्पसमा अखिल क्रान्तिकारीको समर्थनमा नेविसंघ र एक्लै अनेरास्ववियु गरी २ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
जम्मा २६९ विद्यार्थी रहेको उक्त क्याम्पसमा १९३ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>