Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ चैत ०६ गते सोमबार

कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । महाकाली बहुमुखी क्याम्पसमा जम्मा ५७२ जना विद्यार्थी मध्ये ४७४ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत गंगा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्ववियु सभापतिमा नेविसंघका निरज भण्डारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा अनेरास्ववियुका यशोदा रेग्मी र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै रमेश जोशी निर्वाचित हुनु भएको छ । सदस्यहरूमा भने अनेरास्ववियुका राहुल कुमार बोट, अखिल क्रान्तिकारीका प्रदिप कुमार बोट, अखिल क्रान्तिकारीकै आरती राना (गोलाप्रथाबाट), नेविसंघका अस्मिता बिष्ट र नेबिसंघकै बन्दना कुमारी बिष्ट निर्वाचित हुनुभयो ।

उक्त क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज अलग अलग तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरी ४ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो ।


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>