त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।
विद्यार्थीको हकहितमा पैरवी गर्ने नेतृत्वकर्ता, पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन भएको हो । सुदूरपश्चिम प्रदेशभरि कतै उत्साहपूर्वक सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको छ भने, कतै तनाव उत्पन्न भएको थियो । विभिन्न निर्वाचनमा देखिएको जस्तो विवाद स्ववियु निर्वाचनमा पनि बाजुरामा देखिएको छ । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा दश, कञ्चनपुरमा छ, डोटीमा तीन, अछाममा दुई, बाजुरामा एक, डडेल्धुरामा एक, बझाङमा नौ र दार्चुलाका चार क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भएको छ ।
कञ्चनपुरको हरि दानेश्वर बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।
यसैबीच, डडेल्धुराबाहेकका बाँकी सबै जिल्लाको केही क्याम्पसमा चुनाव स्थगित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कैलालीको दुई, कञ्चनपुरको नौ, अछामको पाँच, बाजुराको दुई, डोटी, दार्चुला र बझाङका एक÷एक गरी २३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी रहेको, घोडाघोडी बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । पछिल्लो प्राप्त विवरण अनुसार २२ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।
कहाँ काे भए विजयी
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल (अनेरास्ववियु)
श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी (अनेरास्ववियु)
सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा (अनेरास्ववियु)
डोटी
खप्तड आदर्श क्याम्पस – श्याम विक (अनेरास्ववियु)
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम (नेपाल विद्यार्थी सङ्घ)
डडेल्धुरा
डडेल्धुरा बहुमुखी क्याम्पस – दुर्गा प्रसाद भट्ट (नेपाल विद्यार्थी सङ्घ)
बझाङ
थलारा बहुमुखी क्याम्पस – महेश जेठारा (अनेरास्ववियु)
सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी (अनेरास्ववियु)
सुनकुडा क्याम्पस – दिलीप अधिकारी (अनेरास्ववियु)
दार्चुला
कृष्ण स्नातक क्याम्पस लाली – हेमन्ती जोशी (अनेरास्ववियु)
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया