सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।माओवादीका तर्फबाट सरकारमा संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा तीन जना सहभागी हुने भएका छन् ।
माओवादी स्रोतका अनुसार भट्टले आर्थिक मामिला मन्त्रालयमा दावी गरेका छन् । हाल सो मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले निर्बाह गरिरहेका छन् । भट्टलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिदा शाहीले वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाउने संभावना छ ।
माओवादीबाट ओम बिक्रम भाट सरलले सामाजिक विकास मन्त्रालयमा दावी गरेका छन् । माओवादीबाट लक्ष्मी बिकले राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।माओवादीभित्र मन्त्रीका आकांक्षी धेरै भएपनि हिमाल, पहाड, तराई र क्लष्टर मिलाउदा डडेल्धुराका भट्ट, कञ्चनपुरका भाट र दार्चुलाकी बिक मन्त्री हुने संभावना रहेको माओवादीका एक नेताले बताए ।मन्त्रीका आकांक्षीहरु केन्द्रमा आआफ्ना गुट र समूहका नेताहरु कहाँ धाईरहेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया