Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढी
२०७९ चैत ०९ गते बिहिबार

प्रदेशकै ठुलाे अन्तरास्ट्रिय स्तरकाे फुटबल धनगढिमा आज उद्घाटन हुने ।
फायल फाेटाे

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ ।

धनगढी रंगशालामा दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगितको विधिवत रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिए ।


उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र वागमती क्लव भिड्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लव गरी १० टोलीको सहभागिता रहेका छन् ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

खप्तड गोल्ड कप २०७३ सालदेखि आयोजना हुदै आएको छ । प्रतियोगितामा उद्घाटन खेल हेर्न टिकट नलाग्ने महासचिव शाहीले बताए । यस्तै अन्य दिन विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० रुपैयाँको टिकट लाग्ने छ । टिकट काटेका मध्ये दैनिक एक जना दर्शकले गोलाप्रथाबाट एन्ड्रोइड मोबाइल फोन पुरस्कार पाउने छन् ।

क्लवका अध्यक्ष सुरेश हमालले सुरुका खेल खेल्ने टीमहरु आइसकेको बताए । उनले सुदूरपश्चिममा आयोजना हुने एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सबैले आफ्नो ठानेर सहयोग गरिदिन आग्रह गरे ।

मुख्य प्रवद्रर्धक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले चित्र भट्ट संयोजकका रुपमा पठाएको छ ।

परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले निजी क्षेत्रलाई पछिल्लो समय आर्थिक मन्दीले परेको असरका कारण प्रायोजक पाउन मुस्किल भएका बेला सरकारले आवश्यक सहयोग गरेर गोल्डकप हुन लागेको बताए ।


#खप्तड गाेल्डकप फुटवल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>