Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
कैलाली
२०७९ चैत ०९ गते बिहिबार

गाउँपालिका राष्ट्रिय महासंघ सुदुरपश्चिममा यस्ताे भयाे नेतृत्व चयन ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्षसहित ५ जना सदस्य नेपाली कांग्रेसको भाग परेपछि केआईसिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन।

कैलालीको बर्दगोरियामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकायालाई निर्वाचित गरेको छ। 

नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा सदस्यमा निर्वाचित भएका छन्।

यस्तै सचिव र सह सचिव नेकपा एमालेको भागमा परेको थियो। गौमुल गाउँपालिका बाजुराका अध्यक्ष हरि बहादुर रोकाय सचिवमा निर्वाचित भएका छन्। तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बिसी सह सचिवमा निर्वाचित भए।

एमालेबाट दुई जना सदस्यमा डोल्मा तामाङ र माधवी जोशी निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ।  दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी कोषाध्यक्षमा निर्वाचित भएका छन्।

२ जना सदस्यमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका छन्। यस्तै नागरिक उन्मुक्तिबाट जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>