Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०९ गते बिहिबार

कंचनपुरका ३ जना किसान भिमदत्त पुरुस्कार बाट सम्मानित ।
फाेटाे- राजेन्द्र बिष्ट

कञ्चनपुरका तिन जना किसानहरु लाई भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार वितरण गरिएको छ । कृषि, पशुपालन तथा फलफुल खेतिमा उत्कृष्ट काम गरेका तिन जना किसान लाई कृषि विकास निर्देशनालय दिपायलले नगद प्रमाण्पत्र तथा दोसल्ला सहित सम्मान गरेको हो ।

सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय दिपायलले कञ्चनपुरका तिन जना किसानहरु लाई भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार प्रदान गरेको छ । विहीवार जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त वोहराको प्रमुख आतिथ्यमा महेन्द्रनगरमा आयोजित पुरुस्कार वितरण समारोहमा कञ्चनपुर जिल्ला भित्र रहेर कृषि, पशुपालन तथा फलफुल खेतिमा उत्कृष्ट काम गरेका तिन जना किसान लाई नगर रु पच्चीस हजार , प्रमाण पत्र तथा दोसल्ला सहित सम्मान गरेको हो ।

पुरुस्कार प्राप्त गरे पछी कञ्चनपुरको शुक्लाफाटा नगरपालीका  वडा नम्वर ११ मा पशुपालन अन्तर्गत वंगुर पालन गर्दै आउनु भएकी कलावती भट्टले उत्पादन पुरुस्कार पप्त गरेपछी खुशि लागेको वताउदै वजार व्यवस्थापनको लागी पनी सरकारले केहि पहल गरिदनु पर्ने वताउनु भयो । अन्य किसानहरुको मनोवल बढाउन पनी यो पेशालाई निरन्तरता दिएको भए पनी  वजारीकरणमा समस्या भएकोले सोचे जस्तो लाभ लिन नसकेको वताउनु भएको छ ।

उक्त समारोहमा उत्कृष्ट किसानहरुलाई पुरुस्कार वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त वोहराले कृषि र पशुपालन मानीसको जिवनको आधार भएको वताउनु भएको छ । साथै उहाले पुरुस्कृत हुने किसानहरु भन्दा बाहिर पनी थुप्रै सफल किसानहरु भएकाले सबैलाई समान रुपमा अनुदान लगायतका सेवाहरु दिईनु पर्ने समेत वताउनु भएको छ ।
उक्त समारोहमा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका कृषि विकास निर्देशनालय सुदुरपश्चिम प्रदेशका प्रमुख यज्ञराज जोशीले भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार कार्यविधि निर्माण पश्चात दोस्रो वर्ष यो पुरुस्कार वितरण भईरहेको वताउनु भयो । पुरुस्कार वितरणका लागी जिल्ला स्तरमा सबैपालिकाहरुमा सुचना प्रकासित गरि आवेदन माग गरेर उतकृष्ट कृषक छनोट गरिएको उहाले वताउनु भयो । साथै उहाले असल किसानहरु अझै ओझलमा परेको हुदा आगामी दिनमा मन्त्रालय तथा मातहतका निकायले गाउँगाउँमा पुग्नु पर्ने वताउदै किसानहरुलाई सम्मान गर्न सके मात्र कृषि वच्न सक्ने वताउनु भएको छ ।

किसानहरुलाई कृषिमा लाग्न प्रेरणा दिने उद्देश्यले उक्त पुरुस्कार वितरण गरिएको हो । उक्त समारोहमा कञ्चनपुरको वेलौरी नगरपलिकाका असारे राम वडायक कृषिमा , भमिदत्त नगरपलिकाका ज्ञानेन्द्र सिह महता फलफुलमा र शुक्लाफाटा नगरपालिकाका कलावती भट्ट पशुपालन विधामा पुरुस्कृत भएका हुन । सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका २७ जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरुस्कार वितरणका लागी छनौट गरिएको हो ।


#कृर्षि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>