Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ चैत १० गते शुक्रबार

नेपाल प्रहरिकाे नयाँ महानिरिक्षिकमा वसन्त कुँवर नियुक्त ।,

नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । कुँवर यसअघि मधेश प्रहरी प्रमुख थिए । सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गरेको थियो ।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।

आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।


#प्रहरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>